तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले करको दर हेरफेर, संसदीय मर्यादा कायम, सडक विस्तार र सडकको अवस्था सुधार लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुुभएको छ ।
बैठकको शुरुमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति संसदमा नै आएर सच्याउनुु पर्ने र नियमावलीका सबै नियमलाई प्रभावकारी रुपमा कायर्नान्वयन गरेर सदनलाई मर्यादित रुपमा सञ्चालन गर्नुपर्ने भन्दै सभाको ध्यानाकर्षण गराउनुुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्र्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले इभी गाडी आयात सम्बन्धमा शंका देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताउनुुभयो ।
उहाँले भन्सारको कर छलीका विषयमा छानबिन समिति गठन गर्नु भनेको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि गरेको बताउनुुभयो ।
सांसदहरुले झापादेखि ताप्लेजुसङ्गसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौ मानिस घरवारविहिन बन्ने अवस्था रहेको र आम मानिस त्रसित बनेको भन्दै समस्या समाधन गरेर मात्रै अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराउनुुभयो ।
सांसदहरुले दिपा नेपाली माइतीघरमा ५४ दिनदेखि धर्नामा बसेको विषयमा सरकारको ध्यानाकर्षण गराउदै जातीय विभेदका कारण कोठा नपाएर सत्याग्रह बस्नुु पर्ने अवस्था अन्त्य गर्नेगरी समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसदहरुले कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो र बाढीका कारण यात्रुहरु समस्या खेप्न बाँध्य भइरहेको र वर्षाको समय आएकाले समयमा नै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुुभयो ।
सांसहरुले हप्तामा दुई दिन विदा दिने नियमले आम सेवाग्राहीलाई प्रभाव परेको भन्दै यसलाई खारेज गरी सविककै विदा कार्यान्वयन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button