तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिनुभएको छ ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताउनुभयो ।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री डा वाग्लेले भन्नुभयो, “यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ ?” -रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button