तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी बरिष्ठ उपरीक्षको संयोजकत्वमा छानविन समिति गठन

तुलसीपुर । रुपन्देहीमा ५ जनाको ज्यान जाने गरि भएको सामुहीक हत्याको छानविका लागि समिति गठन गरिएको छ ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैद्धावारको संयोजकत्वमा ३ सदस्य छानविन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा दंगा नियन्त्रण प्रहरी गणका प्रहरी उपरीक्षक विकास खनाल र ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिङ राठौर रहेको प्रदेश प्रहरी प्रमुख रवीन्द्र बहादुर धानुकले जानकारी दिए ।

जिल्लाको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा गएराती ४० वर्षीय माधव मुसहर, उनकी श्रीमति ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आशिष चौधरीको हत्या भएपछि प्रदेश प्रहरीले छानविन समिति गठन गरेको हो । छानविन समिति घटनास्थल पुगेर आजै देखि काम सुरु गरेको प्रदेश प्रहरी प्रमुख धानुकले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्खेतका झसेन्द्र सिंजालीलाई पक्राउ गरिसेको छ । उनीहरु गंगादेवी पशु फार्ममा काम गर्ने मजदुर रहेको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button