तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा बसपार्कस्थित सहारा विद्यालय र सुकुम्बासी बस्तीलाई नयाँ आवासमा सारिने, ६ ठाउँमा जग्गा सिफारिस

कास्की । पोखराको पृथ्वीचोक बसपार्क क्षेत्रभित्र रहेका संरचना हटाउन महानगरले दिएको समय सकिएको छ । बसपार्क क्षेत्रका सुकुम्वासीहरू अदालत गए पछि महानगरको डाेजरमा ब्रेक लागेको छ । केही व्यवसायी तथा व्यक्तिहरूले आफै केही संरचनाहरू हटाउन थालेका थिए । पोखरा महानगरपालिका अहिले सम्म ५ सय ७२  जनाले निवेदन दिएको पोखरा महानगरपालिकाले जनाएको छ ।

यस विचमा महानगरले सुकुमबासी समस्या समाधानका लागि गठन गरेका विभिन्न समितिले तदारुकताका साथ काम गरिरहेका छन् । सुकुमबासी स्थानान्तरण गर्न जग्गा सिफारिस गर्न गठित समितिले  महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाइ सकेको छ । समितिले पोखराका विभिन्न ६ ठाउँमा जग्गा सिफारिस गरेको छ ।

वास्तविक सुकुमबासी पहिचान गर्न गठित समिति र न्यायिक निरूपण गर्न गठित समितिले प्रतिवेद सकेको छैन ।  सुकुमबासी पहिचान गर्ने काम चलिरहेको पोखरा महानगरकै प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीले जानकारी दिनु भयो ।

पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रभित्र सञ्चालनमा रहेको सहारा आधारभूत विद्यालयलाई आधुनिक र व्यवस्थित रूपमा नयाँ बस्तीमा स्थानान्तरण गर्ने भएको छ । बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई महानगरले निर्माण गर्ने ‘संयुक्त आवास’ मा स्थानान्तरण गर्ने योजनाअनुसार विद्यालयलाई पनि सोही क्षेत्रमा सार्न लागिएको जनाएको छ ।

महानगरका मेयर धनराज आचार्यका अनुसार बसपार्क क्षेत्रका सुकुम्बासी टोलहरूलाई व्यवस्थित रूपमा नयाँ बस्तीमा बसाउने स्पष्ट योजना अगाडि बढिसकेको छ । 

‘हालको विद्यालयलाई नयाँ बस्तीमा थप व्यवस्थित र आधुनिक रूपमा स्थानान्तरण गरिनेछ,’ उहाँले भन्नु भयो  विद्यालयको भविष्यलाई लिएर नागरिक र सरोकारवालाहरूबाट व्यक्त चासोप्रति ध्यानाकर्षण भएको जनाउँदै उहाँले  यसलाई महानगरको दीर्घकालीन योजनाको रूपमा व्याख्या गर्नु भयो ।

पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न बनाउने परियोजनाको काम योजनाबद्ध रूपमा अगाडि बढिरहेको मेयर आचार्यले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button