तपाईँ सुन्दै हुनुहुन्छः

‘कृषिको विकासका लागि डेढ खर्ब लगानीको प्रस्ताव’

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले कृषिको विकासका लागि डेढ खर्ब लगानीको प्रस्ताव अघि सारिएको बताउनु भएको छ ।

प्रतिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सम्बन्धमा सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ दिदै कृषिमन्त्री भुषालले आगामी बजेटको माध्यमबाट ५० अर्ब तल्लो तहमा कृषिमा गएको जानकारी दिनु भयो ।

कृषि मन्त्री भुषालले नेपालको कृषिको आगामी पहिलो प्राथमिकता नेपालीहरुले अघाउने गरी खान पाउने प्रवन्ध गर्ने र त्यस पछि मात्र निर्यात गर्ने रहेको र सोही नयाँ दष्टिकोणका साथ अघि बढने पनि स्पष्ट पार्नु भयो ।

मन्त्रालयले कृषिको विकासका लागि संरक्षित कृषि र सुनिश्चित बचत कार्यक्रम अघि सारेको, उत्पादन र बजारको सम्बन्ध नयाँ ढंगले अघि बढाउने गरी नबिग्रिने खाद्यान्नको किसानले मनासिव नाफा पाउने गरी सर्मथन मूल्य तोक्ने व्यवस्था शुरु गरिएको पनि बताउनु भयो ।

मन्त्री भुषालले खास खास बालीको वैज्ञानकि अनुसन्धानको लागि बजेटको प्रबन्ध गरिएको, अनुदान रकम किसानको खातामा जाने गरी आवश्यक व्यवस्था गर्ने तयारीमा रहेको, आगामी ३ वर्षमा कृषि उत्पादनबाट किसानको न्युनतम बचतको व्यवस्था गर्न लागिएको र कृषि प्रविधिकहरको करिव २५ सयको संख्यामा बढाउने योजना रहेको समेत जानकारी दिनु भयो ।

मन्त्री भुषालले कोरोना पछि उत्पन्न अवस्थाले मुलुकको कृषि व्यवस्थापनको पुनर्निर्माणको र यही बेला मुलुकमा रहेको विचौलिया अर्थतन्त्रलाई तोड्नु आवश्यक भएकोमा पनि जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button