समृद्धिको लागि वन कार्यक्रमलाई संघको कार्य योजनामा समावेश गरिएकोः वनमन्त्री बस्नेत

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रदेश भित्रको सम्पूर्ण बन क्षेत्र व्यवस्थापनको जिम्मा प्रदेश सरकारको एकल कार्य क्षेत्र भएकाले केन्द्रले धेरै कार्यक्रमहरु प्रदेश मार्फत अगाडी बढाउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।
विनियोजन विधेयक अन्र्तगत मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुदै बनमन्त्री बस्नेतले वनसँग सम्बन्धी कार्यहरुमा प्रदेश सरकारसँग सहकार्य गर्ने र काम गर्न अभिप्ररित गर्ने उदेश्यले बन उद्यमसँग सम्बन्धीत कार्यक्रम र समृद्धिको लागि वन कार्यक्रमहरुलाई संघको कार्य योजनामा समावेश गर्ने गरिएको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्