तपाईँ सुन्दै हुनुहुन्छः

‘सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रूपमा अघि बढाइने’

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बजेट सरकारको नीति कार्यक्रम, १५औँ योजना, दिगो विकासको लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा आधारित भएर ल्याइएको जानकारी दिनुभयो ।

विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री गुरुङले सामाजिक अन्धविश्वास र कुरीतिको रूपमा रहेका छाउपडी प्रथा, बाल विवाह, बोक्सी, दाइजोलगायतका कुप्रथाको अन्त्यका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जोड दिइएको बताउनुभयो ।

महिला मन्त्री गुरुङले सामाजिक रूपान्तरणको माध्यमबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रूपमा अघि बढाउने अवधारणा अघि सार्नु परेको बताउनुभयो ।

। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बजेट सरकारको नीति कार्यक्रम, १५औँ योजना, दिगो विकासको लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा आधारित भएर ल्याइएको जानकारी दिनुभयो ।

विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री गुरुङले सामाजिक अन्धविश्वास र कुरीतिको रूपमा रहेका छाउपडी प्रथा, बाल विवाह, बोक्सी, दाइजोलगायतका कुप्रथाको अन्त्यका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जोड दिइएको बताउनुभयो ।

महिला मन्त्री गुरुङले सामाजिक रूपान्तरणको माध्यमबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रूपमा अघि बढाउने अवधारणा अघि सार्नु परेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button