तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरूले वर्षायामका कारण ग्रामीण क्षेत्रमा कृषि बाली, विद्यालय भवन तथा स्थानीय जनताका आवासीय घरहरूमा हुने क्षति न्यूनीकरण र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सांसदहरूले अवरुद्ध भएका सिँचाइ आयोजना र राजमार्गहरूको शीघ्र व्यवस्थापन गर्न तथा घरबारविहीन नागरिकलाई तत्काल उद्धार गरी राहत र पुनर्स्थापनाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरूले बालबालिकाको सुरक्षा सुनिश्चितता, विद्यालयमा पानीजन्य जोखिमसम्बन्धी चेतना अभिवृद्धि तथा मानव तस्करीका पीडित नागरिकको उद्धार र पुनर्स्थापनामा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button