तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री पराजुलीद्वारा रेडियो नेपाल धनकुटाको निरीक्षण

धनकुटा । कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय, धनकुटाको अवलोकन, निरीक्षण गर्नुभएको छ । 

मन्त्री पराजुलीले आज रेडियो नेपाल धनकुटाको भौतिक तथा आन्तरिक अवस्थाको अवलोकन तथा निरीक्षण गर्नुभएको हो । 

सो क्रममा मन्त्री पराजुलीले पचासको दशक प्रारम्भमा क्षेत्रीय प्रसारणको रुपमा प्रसारण सेवा प्रारम्भ गरी हाल: प्रादेशिक प्रसारण कार्यालयको रुपमा रहेको रेडियो नेपाल धनकुटाले पूर्वी नेपालका नागरिकलाई सुसूचित गर्न ऐतिहासिक र आविश्मरणीय योगदान दिएको बताउनुभयो ।

कोशी प्रदेशमा बोलिने विभिन्न भाषामा समेत समाचार र कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएको रेडियो नेपाल धनकुटाले यस प्रदेशको भाषा, संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण योगदान पु¥याएको मन्त्री पराजुलीले उल्लेख गर्नुभयो । 

उहाँले प्रसारण सेवालाई समयानुकूल परिमार्जन गर्दै भाषा, संस्कृतिको संरक्षण, पर्यटन प्रबद्र्धन, शिक्षा र चेतना प्रवाह सँगै आम नागरिकलाई प्रभावकारी ढंगले सत्यतथ्य सूचना प्रवाह गर्न प्रादेशिक प्रसारण कार्यालयका कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

प्रादेशिक प्रसारण कार्यालयको वृत्तिविकासका लागि प्रदेश सरकारले पहलकदमी लिने समेत मन्त्री पराजुलीले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो अवसरमा सार्वजनिक सेवा प्रसारण, प्रादेशिक प्रसारण कार्यालय, धनकुटाको समग्र अवस्थाबारे कार्यालय प्रमुख तिलविक्रम चेम्जोङले जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button