तपाईँ सुन्दै हुनुहुन्छः

जिसस भक्तपुरका प्रमुख थापाको निधन

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको आज दिउँसो निधन भएको छ ।

रेडियो नेपालका पूर्व कर्मचारी समेत रहनुभएका थापाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा ६५ वर्षको उमेरमा निधन भएको हो ।

सूर्य विनायक नगरपालिका वडा नं.७ का वडाअध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाका अनुसार थापा दुई सातादेखि मुटु तथा उच्च रक्तचाप सम्बन्धि समस्याका कारण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

नेकपा एमालेका नेता समेत रहनुभएका थापाको निधनमा पार्टीका नेता तथा कार्यकर्ताले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

थापाको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा स्थानीयले शोक ब्यक्त गरेका छन् ।

थापाका श्रीमती, एक छोरा र तीन छोरी रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button