तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा मुख्य न्यायाधिवक्ताहरुकाे राष्ट्रिय सम्मेलन

धनगढी। कैलालीको धनगढीमा आजदेखी मुख्य न्यायाधिवक्ताहरुको सातौँ राष्ट्रिय सम्मेलन शुरु भएको छ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो । सम्मेलनमा नेपाल सरकारमा महान्यायाधिवक्ता डाक्टर नारायणदत्त कँडेल, सात वटै प्रदेशका मुख्य न्यायाधिवक्ताहरु,  वरिष्ट अधिवक्ता तथा सरकारी न्यायाधिक्ता लगायतको सहभागिता रहेको छ ।

 मुख्य न्यायाधिवक्ताको कार्यालय, सुदूरपश्चिम प्रदेशद्वारा आयोजित सातौँ राष्ट्रिय सम्मेलन दुई दिन सम्म चल्ने छ । 

सम्मेलनमा संविधान संशोधन बहसपत्र, सविधानमा उल्लेख साझा तथा एकल अधिकारका सुचीबारे, कानुनी शासनको सबलीकरण, सघीय शासन प्रणालीको सुदृढीकरण, कानुनको प्रभावकारी कार्यान्वयन  लगायतका विषय छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button