करेन्ट लागेर एक जनाको मृत्यु

भक्तपुर । सुर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३० वर्षीय श्याम कायस्थको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने हस्तबहादुर श्रेष्ठको घरमा वायरिङ काम गर्ने क्रममा शनिवार दिउँसो कायस्थलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर अशक्त भएका उनको नागरिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्