तपाईँ सुन्दै हुनुहुन्छः

सुकुम्वासी समस्याको स्थायी समाधान गर्न सांसदहरूको माग

काठमाडौँ । सांसदहरुले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको संयुक्त बैठकमा सांसदहरुले होल्डिङ सेन्टरमा देखिएका खानेपानी, खाना, शौचालय लगायतका  समस्या तत्काल समाधान गर्न माग गर्नुभयो ।

बैशाख २९ गते दुवै समितिले संयुक्त रुपमा नागार्जुन नगरपालिकामा रहेको इचंगुनारायणको होल्डिङ सेन्टरको अनुगमन गरेको र त्यहाँ राखिएका नागरिकहरूको अवस्था विकराल रहेको भन्दै स्वस्थ पिउने पानी, खाना तथा बस्नको सहज व्यवस्था गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले प्राकृतिक विपत्तिमा सरकारले आफ्ना नागरिकलाई रक्षा गर्नुपर्नेमा सरकारले नै नागरिकलाई विपत्तिमा पुर्याएको आरोप लगाउनुभयो ।

उहाँहरूले होल्डिङ सेन्टरमा रहेका नागरिकहरू मानसिक रुपमा कमजोर बन्दै गएकाले उनीलाई काउन्सिलिङको आवश्यकता रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button