तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले माग्यो सार्वजनिक सेवा प्रसारण संस्था अध्यक्षका लागि आवेदन

काठमाडौँ ।सरकारले सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष तथा गोरखापत्र संस्थान को महाप्रबन्धक र प्रेस काउन्सिल नेपाल को अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।

सरकारले आज सार्वजनिक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीमार्फत सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष, गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल नेपालको अध्यक्ष पदपूर्ति गर्न लागिएको जनाएको हो ।

इच्छुक तथा योग्य नेपाली नागरिकले आजदेखि जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

दरखास्त फाराम, आवश्यक योग्यता, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button