इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २०० बढी लाभान्वित
सुनसरी । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटी मण्डपद्वारा सुनसरीको इनरुवा नगरपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।

समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटीमण्डप, काठमाडौँको आयोजना, प्राइम हस्पिटल प्रालि विराटनगरको प्राविधिक सहयोग तथा इनरुवा नगरपालिका ५ को समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो ।
निःशुल्क स्वास्थ्य जाँच शिविरमा २०० भन्दा बढीलाई सेवा दिएको आयोजकले जनाएको छ । कोषका सदस्य सचिव मेघराज न्यौपानेले आफूहरूले विपन्न, गरिब, सुकुम्बासी सहितलाई ध्यानमा राखेर इनरुवा नगरपालिका ५ नम्बर वडा कार्यालयको सहकार्यमा स्वास्थ्य शिविर गरेको बताउनुभयो ।
कोषको सहयोगमा इनरुवामा पहिलोपटक आयोजना गरेको शिविरमा २ सय जना बढीले स्वास्थ्य जाँच र परीक्षण गरेको न्यौपानेले जानकारी दिनुभयो ।
शिविरमा निःशुल्क बिरामी जाँच, ईसिजि, सुगर, प्रेसरसहित निःशुल्क ओषधी वितरण, ई.सी.जी, भिडियो एक्स–रे सहितको सेवा दिएको न्यौपानेले जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य जाँच तथा सेवासँगै निःशुल्क आवश्यक औषधी समेत वितरण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्