संस्थागत भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत–साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डा. तिमिल्सिनाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग भएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो ।
कार्यक्रममा मन्त्री डा. तिमिल्सिनाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुहुँदै गैरजिम्मेवार पत्रकारिता तथा लोककल्याणकारी विज्ञापनका नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री डा. तिमिल्सिनाले इन्टरनेट सेवा विस्तार बारे जानकारी दिनुहुँदै पहिलो चरणमा ४ जी सेवाको अधिकतम उपयोग सुनिश्चित गरिसकेपछि दोस्रो चरणमा मात्र ५ जी सेवालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्