तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामका मापदण्ड विपरीतका अस्पतालले बिरामीको ज्यान लिँदै, सरोकारवाला मौन 

जनकपुरधाम । जनकपुरधाम रहेको मापदण्ड विपरीत रहेका नीजि क्षेत्रबाट सञ्चालित अस्पतालहरूको लापरबाहीका कारणले दैनिक रुपमा मान्छेको ज्यान गएपनि लापरबाही गर्नेमाथि ठोस कारबाही भएको छैन । 

गत वैशाख १८ गते महोत्तरीको बलवा नगरपालिका वडा नंं १ बञ्चौरीका वर्ष ३६ को रागनी देवी पासवानको जनकपुरधाममा रहेको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा मृत्यु भएपछि थप बेथिति बाहिरिएको हो । 

सामान्य शल्यक्रियाको रुपमा मानिने पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्दा महिलाको आज बिहान मृत्यु भएको घटनालाई लिएर परिवार जन आन्दोलित भएपछि घटना बाहिर आएपछि थप बेथितिहरू बाहिर आएका छन् ।  

मृतक महिलाका आफन्तहरुले शल्यक्रियामा लापरबाही गर्ने चिकित्सकमाथि कारबाही सहितको माग गर्दै शव अस्पतालमा नै छाडेर आन्दोलनमा उत्रेका थिए । प्रायः नीजि अस्पतालमा अदक्ष स्वास्थ्यकर्मीहरुले शल्यक्रिया गर्ने गरेका कारणले यस्ता प्रकारको घटनाहरू हुने गरेका छन् ।    

यसैबीच आन्दोलनरत रहेका मृतकका आफन्त तथा अस्पतालका बीचमा स्थानीय प्रशासनको सक्रियतामा सहमति भएपछि मृतक महिलाका आफन्तले शव बुझेका छन् । 

पिडित र पिडक पक्षका बीचमा अस्पताल तथा मृतकका परिवारसँग भएको सहमति अनुसार १ लाख रुपैयाँ क्षतिपूर्ति दिने र मृतकका उपचारमा भएको खर्च ८० हजार रुपैयाँ मिनाहा गर्ने निर्णय भएको छ ।

जिल्ला प्रहरी कार्यालयको पहलमा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेको नेतृत्वमा भएको वार्तापछि पिडित र पीडकबिच सहमति भएको हो । घटनापछि आज बिहानैदेखि अस्पताल परिसर तनावग्रस्त बनेको थियो भने सुरक्षा अवस्थालाई ध्यानमा राख्दै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनका तीन सन्तान रहेका छन् । तत्कालीन मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा अवैधानिक रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेर कारबाही गर्दा धेरै मापदण्ड विपरीतका अस्पतालहरू बन्द भएका थिए । 

बन्द भएका अस्पताल पुनः खुल्ला भएर सञ्चालनमा आएको छ । स्वास्थ्य सम्बन्धि अधिकारहरू प्रदेश तथा स्थानीय सरकारसँग रहेको छ । तर प्रदेश सरकारले ठोस् रुपमा अनुगमन गरेको छैन ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button