तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगरमा भोलिदेखि आवश्यकीय पसल तथा व्यावसाय सञ्चालन हुने

विराटनगर । विराटनगरका होटल, रेष्टुरेन्ट तथा सैलुन वाहेक अति आवश्यकीय पसल तथा व्यवसाय भोलिदेखि सञ्चालनमा आउने भएका छ ।

कोभिड क्राइसेस मेनेजमेन्ट कमिटीको आज बसेको बैठकले भोली बिहानदेखि मध्यान्ह १२ बजेसम्म अति आवश्यकीय पसल सञ्चालन गर्न दिने निर्णय भएको विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले बताउनुभयो ।

महानगरपालिकाले सामाजिक दुरी कायम गरी सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । व्यवसाय सञ्चालन गर्दा जिल्ला प्रसासन कार्यालय र विराटनगर महानगरपालिकाले सयुक्त रुपमा अनुगमन गर्ने व्यवास्था मिलाइएको छ ।

मापदण्ड विपरीत सामाजिक दुरी कायम नर्गने र तोकिएको समयवाहेक अन्य समयमा व्यवासाय सञ्चालन गरेको पाइएमा कार्वाही हुने महानगरपालिका प्रमुख पराजुलीले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button