तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमै कृषि सङ्कलन तथा विक्री केन्द्र स्थापना, किसानलाई राहत

वैशाख । जुम्लाको चन्दननाथ नगरपालिका–९ उम्गाडमा कृषि उपज सङ्कलन तथा विक्री केन्द्र स्थापना भएको छ । 

ग्रामीण बजारमा स्थापना भएको यो सङ्कलन केन्द्रले बजारको सुनिश्चिततासंगै आयआर्जन वृद्धि र डोकोमा बोकेर बजार डुलाउनुपर्ने वर्षौँदेखिको बाध्यता अन्त्य भएको स्थानीय महिला तारा गिरी बताउनुहुन्छ । 

उम्गाड बजारमा सङ्कलन तथा विक्री केन्द्र स्थापना भएपछि तारा गिरी जस्तै ग्रामीण क्षेत्रमा कृषि गर्ने सयौँ महिला किसान उत्साहित भएका छन् । उम्गाडमा स्थापना भएको कृषि उपज सङ्कलन तथा विक्री केन्द्रको शनिवार चन्दननाथ नगरपालिका मेयर राजु सिंह कठायतले उद्घाटन गर्नुभयो । 

नर्वे सरकार तथा युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित रेरास परियोजनाको सहयोग  चन्दाननाथ नगरपालिकाको सहकार्य र समन्वयमा उमगाड कृषि उपज सङ्कलन तथा बिक्री स्थापना भएको हो । 

मेयर राजु सिंह कठायतले सङ्कलन केन्द्रलाई दिगो तथा व्यवस्थित गर्न स्थानीय सरकारले विशेष ध्यान दिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button