तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा शाखा अधिकृत ढकालविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालविरुद्ध १० करोड २७ लाख ५८ हजारभन्दा बढी अकुुत सम्पत्ति आर्जन गरेको आरोपमा मुुद्धा दायर गरेको छ ।

ढकालविरुद्ध जग्गा दर्ता लगायत गैरकानूनी कार्यहरुबाट अकूत सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले आज विशेष अदालत काठमाडौँमा मुुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

निज ढकालले परिवारका सदस्य तथा विभिन्न नातेदारका नाममा अवैध सम्पत्ति थुपारेको र गैरकानुुनी आर्थिक कारोबारलाई लुकाउने उद्देश्यले हाल अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममासमेत बैंक खाता खोलि पैसा जम्मा गरेको अख्तियारको ठहर छ ।

निज ढकालसहित उनकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्याल समेतलाई अकुुत सम्पति जफतसहित सजायको माग गर्दै मुुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button