तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको सडक अतिक्रमण हटाउन सुरु

रुपन्देही । बुटवल उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन सुरु भएको छ । 

पटक पटकको सार्वजनिक सूचनापछि पनि व्यवसायीले अटेर गरेकाले डोजर नै लगाउनुपरेको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले बताउनुभयो । सहरलाई व्यवस्थित र सुन्दर बनाउने लक्ष्यसहित सडक तथा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको र यसमा सबैको साथ जरुरी रहेको उहाँले जनाउनुभएको छ । “अब अभियान सुरु भयो, सबैको साथ सहयोग चाहिएको छ, अब पछि हट्ने ठाउँ छैन”, उहाँले भन्नुभयो ।

उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीलाई स्वैच्छिक रूपमा सडक अतिक्रमण खाली गर्न आग्रह गरेको थियो। स्वैच्छिक खाली नगरेकालाई बुधबार उपमहानगरपालिकाले डोजरसहितको टोली परिचालन गरेर खाली गराएको हो। 

बुधबार अभियानअन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रको फुटपाथको अतिक्रमण हटाइएको छ। निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री बुधबार जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ। यात्रुका लागि सडक पेटीलाई सुरक्षित बनाउन कसैको अनुहार नहेरी काम गर्ने मेयर पाण्डेले बताउनुभयो। 

उपमहानगरले स्थानीय सघसंस्थाहरुलाई राखेर सार्वजनिक सडक अतिक्रमण गर्नेहरू हटाउने समर्थन लिएको थियो । बुधबार डोजर लिएर सडकमा पुग्दा पनि मेयर पाण्डेसहित उपमेयर सावित्रा अर्यालसहित विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधिहरू पुगेका थिए ।

बुधवार अभियानअन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिक चोक क्षेत्रको फुटपाथको अतिक्रमण हटाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button