तपाईँ सुन्दै हुनुहुन्छः

सातदोबाटो आन्तरिक पर्यटकको रोजाइमा

रोल्पा । नयाँ वर्ष २०८३ को पहिलो दिनसँगै रोल्पाको पर्यटकीय क्षेत्र सातदोबाटो आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ नयाँ वर्ष मनाउन, घुमफिर गर्न, वनभोज खान तथा आफन्त–परिवारसँग खुसी साटासाट गर्न विभिन्न जिल्लाबाट गएका पर्यटकहरूको उल्लेख्य भीड यहाँ देखिएको छ ।

सातदोबाटोमा रहेको भ्यु टावर, आकर्षक रक गार्डेन, रमणीय हलहले चौर तथा आसपासका हरियाली जङ्गलले पर्यटकलाई विशेष रूपमा आकर्षित गरिरहेको छ त्यहाँ पुग्नेहरू विभिन्न प्रकारका हरियाली बन–बुट्यान, लालीगुराँस, परम्परागत गाउँघरको दृश्यसँगै टाढाबाट देखिने हिमाली हिमशृङ्खलाको अवलोकन गर्दै प्राकृतिक सौन्दर्यमा रमाउने गरेको पाइएको छ ।

विशेषगरी रोल्पा, प्युठान र दाङका विभिन्न गाउँ–बस्तीबाट  पुग्ने आन्तरिक पर्यटकहरू गर्मी मौसमबाट केही राहत पाउन र चिसो हावाको आनन्द लिन सातदोबाटो पुग्ने गरेका छन्  प्राकृतिक सुन्दरता, शान्त वातावरण र सजिलो पहुँचका कारण पछिल्लो समय सातदोबाटो आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्रको रूपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button