तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रेमको जीत’मा आर्यन सिग्देल र अश्विनी शाहीको प्रेम र विरह

काठमाडौँ । गायक शङ्कर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको  प्रेमको जीत बोलको गीतको भिडियो रिलिज गरिएको छ । 

प्रेम रोमान्स र विरह समेटिएको प्रेमको जीतमा अभिनेता आर्यन सिग्देलको बेजोड अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा तयार गरिएको भिडियोमा आर्यनका अलावा  शङ्कर श्रेष्ठ र  सुन्दरी मोडल अश्विनी  शाहीको पनि बेजोड अभिनय देख्न सकिन्छ ।  

भिडियोमा सुन्दरी मोडल अश्विनी  शाहीलाई हट एण्ड बोल्ड अवतारमा उतारेका छन् निर्देशक केशव राज भट्टले ।  लिखु सहयात्रीको शब्द सङ्गीत रहेको गीतमा विषय आचार्यकै एरेन्ज  मिक्सिगं र मासटरिगं रहेको  छ । करण चैसरको छायाङ्कन रहेको भिडियोको सम्पादन र कलर मिलन विश्वकर्माले गरेका हुन् । भिडियो गायक श्रेष्ठकै अफिसियल च्यानल शङ्कर श्रेष्ठबाट बजारमा ल्याइएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button