तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । दाङमा सम्पन्न दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ । पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको हो । 

रुपन्देहीले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ ले पाल्पालाई हराएको हो । उपाधिसँगै उसले नगद १ लाख, ट्रफि र मेडल हात पारेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको पाल्पाले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । 

लुम्बिनी प्रदेशका १२ जिल्ला सहभागी प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दिया चौथो भए । बर्दियालाई ३–१ को सेटमा हराउँदै रुकुम पूर्व तेस्रो भएको हो । तेस्रो भएको रुकुम पूर्वले नगद ३५ हजार र सान्त्वना भएको बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button