राष्ट्रियसभा बैठक: खाडीमा रहेका नेपाली कामदारको सुरक्षा र समसामयिक मुद्दामा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले युद्धका कारण खाडी मुलुकमा रहेका नेपाली कामदारहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
सांसदहरुले खाडी मुलुकमा रहेका नेपाली कामदारहरूको सुरक्षा तथा सुरक्षित स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
किशोरीमाथि हुने साइबर आक्रमण रोक्न जरुरी नीति निर्माण, इन्धन तथा ग्यास अभावका कारण भएको महँगी नियन्त्रण र देशको आत्मनिर्भरता बढाउन विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन दिनुपर्नेमा सांसदहरूले जोड दिनुभयो ।
सांसदहरूले सुशासन स्थापना र नागरिक सहभागिता बढाउन सबै स्थानीय तहका समस्याको समाधान र सरकारी निकायमा रिपोर्टिङ प्रणाली सुदृढ बनाउनुपर्ने, दलित समाजका मुद्दालाई प्राथमिकता दिनुपर्ने लगायत विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभाको बैठक जारी छ ।








प्रतिक्रिया राख्नुहोस्