तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीमा हावाहुरी र असिना पानीबाट लाखौँको क्षति 

वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रमा सोमबार साँझ आएको हावाहुरी सहितको असिना पानीले लाखौँको क्षति पुर्याएको छ । 

हावाहुरीले सबैभन्दा धेरै क्षति ठोरी गाउँपालिकामा पुर्याएको छ । पर्साको ठोरी गाउँपालिका २ हनुमाननगर, ३ चोक बजार, ठोरीको भन्सार क्षेत्रमा रहेका दर्जनौँ घर तथा होटलहरुको टिनको छाना उडाएको छ भने सडकमा रुख ढल्दा ठोरी माडी भरतपुर सडकखण्ड समेत आज बिहानसम्म अवरुद्ध भएको थियो । 

हुलाकी सडक अन्तर्गत ठोरी माडी भरतपुर राजमार्गको चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडकखण्डमा विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई नेपाली सेना र ठोरीका स्थानीय पहलमा रुख हटाएर आज बिहानदेखि सुचारु गरिएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । 

हावाहुरी र असिना पानीले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button