विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा चुडाल पक्राउ
काठमाडौँ । प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४३ वर्षीय रविरत्न चुडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “साङ्केतिक नाम ०८२ धरान ३८ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविरत्न चुडाल भएको विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा फरार रहेका निजलाई काठमाडौँ–४ सुकेधाराबाट पक्राउ गरिएको हो ।”
निजलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरी पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । त्यसैगरी, निज विरुद्ध २०६७ जेठ १९ गते लागुऔषध नियन्त्रण ब्यूरोबाट लागुऔषध ९चरेस०सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्