बन्दाबन्दीले दिवा सेवा कार्यक्रम रोकिँदा जेष्ठ नागरिक मर्कामा

जुम्ला । कनकासुन्दरी गाउँपालिका ५ पाण्डवगुफा गाउँका ८४ वर्षीय लक्ष्मीरुद्र काफ्ले दुईमहिना अघि हरेक दिन १० नबज्दै खलंगा स्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुग्नु हुन्थ्यो । पुग्ने वित्तिकै हातमा मादल लिएर बजाउदै गित गाउन थाल्नुहुन्थ्यो । बिहान देखि साँझ अबेर सम्मै केन्द्रमा बसी पुस्तक, पत्रपत्रिका पढ्ने, नाचगान गर्दै रमाउँने चिया नास्ता खादै एकआपसमा सुखदुख साटासाट गर्नुहुन्थ्यो ।
सधै दिवा सेवा केन्द्रमा आउने बानी परिसकेका थियो । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले गर्दा करिब दुई महिनादेखि काफ्ले दिवा सेवा केन्द्रमा जान छाड्नु भएको छ । उहाँले भन्नुभयो, “काम गरौ शक्ति छैन्, नगरौ बस्दा बस्दा उराठ लागि सक्यो, दिवा सेवा केन्द्रमा रमाएको कुरा झलझल्ती याद आईरहेको छ ।”
त्यस्तै, आफ्नो दुःख साट्न, रमाईलो गर्न चन्दननाथ नगरपालिका २, भण्डारीबाडाका ८० वर्षीय मनसुर भण्डारी पनि दैनिक केन्द्रमा जाने गर्नु हुन्थ्यो । उहाँ पुग्ने वित्तिकै प्रायः हार्वोनियम समाएर ताल मिलाउन नआएपनि बेसुरमै बजाएर आनन्द लिनुहुन्थ्यो । घरमा बसेर सबैको गनगन सुन्नु भन्दा दिवा सेवा केन्द्रमा आएर मादलको तालमा नाच्ने, आफ्ना अनुभव पनि साटासाट गर्दै दिन बिताएका भण्डारी पनि लकडाउनले दिवा सेवा ठप्प हुँदा दुखी हुनुहुन्छ ।
कहिले लकडाउन खुल्ला र दिवा सेवा केन्द्रमा जाउला भन्ने जस्तै भएको छ । उहाँले भन्नुभयो,“कोरोना भाईरसको त्रासले साहारा नभएका बृद्धबृद्धाको विचल्ली भएको समेत दुखेसो गरे ।
साथै, तातोपानी गाउँपालिकाका रवि बुढा पनि बजार आयो की दिवा सेवा केन्द्रमा नछिरी घर जादैन थिए । तर लकडाउनले गर्दा दिवा सेवा कार्यक्रमनै रोकिएपछि उनी पनि घरमै थन्कीएका छन् । ज्येष्ठ नागरिक संघले सञ्चालन गरेको दिवा सेवा केन्द्रमा लक्ष्मीचन्द्र, मनसुर, रवि मात्रै हैनन, जिल्लाका ६०÷७० जना ज्येष्ठ नागरिक दैनिक रुपमा उपस्थिति भएर सुख दुख साटासाट गर्थे । तर गएको चैत ११ गते देखि जारी लकडाउनका कारण दिवा सेवा कार्यक्रम बन्द हुँदा जेष्ठ नागरिक सबै दुखी भएका छन् ।
गएको असोज १४ गतेबाट जुम्लामा जेष्ठ नागरिक संघले दिवा सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । संघका अध्यक्ष तिर्थराज भारतीले भन्नुभयो, “मरिजाने चोलामा के तेरो मेरो, डाँडापारीका जुन जस्तै जेष्ठ नागरिकका लागि केन्द्र सुख दुख बिसाउने चौतारी बन्दै गएको छ । घरपरिवारबाट पिडित धेरै जेष्ठ नागरिक छन् । ”
उनीहरुलाई ठुलै राहत दिन नसकेपनि आफ्ना दुख भुलाउने खालको वाताबरण भने बनाएका थियौ । अध्यक्ष भारतीले थप्नुप्नुभयो,“प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले २ लाख सहयोग पनि गरेको थियो । विभिन्न सामाग्री पनि खरिद गरेका थियौ ।” तर लकडाउनका कारण दिवा सेवा कार्यक्रम ५÷६ महिना नपुग्दै रोकिएपछि जेष्ठ नागरिकहरु मर्कामा परेको भारतलीले उल्लेख गर्नुभयो ।
लकडाउन खुल्ने बित्तिकै सबै जेष्ठनागरिकलाई भेला गराएर दिवा सेवा कार्यक्रम संचालनका लागि सरोकारवाला संग समन्वय गरिने समेत जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्