तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप बागमती प्रदेश छनोट : काठमाडौँद्वारा नुवाकोट ५९ रनले पराजित

काठमाडौँ । काठमाडौँ जिल्लाले प्रधानमन्त्री कप बागमती प्रदेश छनोटमा विजयी सुरुवात गरेको छ ।

काठमाडौँले सोमबारबाट सुरु छनोटको पहिलो खेलमा नुवाकोट जिल्लामाथि ५९ रनको जित हात पारेको हो । पहिले ब्याटिङ गरेको काठमाडौँले ४८ ओभरमा ९ विकेट गुमाएर २४५ रन जोडेको थियो । २४६ रनको लक्ष्य पछ्याएको नुवाकोटले ४८ ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो । 

अर्को खेलमा भक्तपुर जिल्लामाथि ललितपुरले २३ रनको जित हात पारेको छ । पहिले ब्याटिङ गरेको ललितपुरले ५० ओभरमा ८ विकेट गुमाएर २६६ रनको योगफल तयार गरेको थियो । 

माथिल्लो मुलपानी मैदानमा भएको खेलमा २६७ रनको लक्ष्य पछ्याएको भक्तपुर ४९ दशमलब २ ओभरमा २४३ रनमा अल आउट भएको थियो । 

प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागिता छ ।

सहभागी टोलीबिच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ति पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button