तपाईँ सुन्दै हुनुहुन्छः

आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागू नरहने

काठमाडौँ । निर्वाचन आयोगले आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता लागू नरहने जनाएको छ ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले आज एक विज्ञप्तिमार्फत आयोगको २०८२ माघ ४ गते बसेको बैठकले २०८२ माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त बनाउन लागू गरिएको आचारसंहिता अब लागू नरहने जानकारी दिनुभयो । 

आयोगका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०८२ को दफा १ को उपदफा (२) बमोजिम उक्त आचारसंहिताको सम्पूर्ण व्यवस्था २०८२ माघ ४ गते राति १२ बजेदेखि लागू गरिएको थियो। तर आयोगको फागुन २५ गतेको निर्णयअनुसार सो आचारसंहिता फागुन २५ गते राति १२ बजेदेखि लागू नरहने विज्ञप्तिमा उल्लेख छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button