तपाईँ सुन्दै हुनुहुन्छः

डर्टमण्ड १–० ले पराजित

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई १–० ले पराजित गरेको हो ।

उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना थप बलियो बनाएको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दूरी ७ अंकको बनाएको छ ।

बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button