तपाईँ सुन्दै हुनुहुन्छः

रौतहट–४ मा रास्वपाका गणेश पौडेल विजयी

रौतहट। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाभन्दा २१ हजार ११ मत बढी ल्याएर विजयी हासिल गर्नुभएको हो । उक्त क्षेत्रमा खसेको कुल ७३ हजार ३९७ मतमध्ये पौडेलले ३६ हजार ८७६ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले ९ हजार ७७८ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले( का उम्मेदवार रामजी साह सोनारले ३ हजार ४७८ मत ल्याउनुभएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमारले १ हजार ६२ मत प्राप्त गर्नुभएको छ । आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले ६५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार तुलसी राजगिरीले ४११ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button