अछाम १ मा नेपाली काँग्रेसका उम्मेदवार स्वार विजयी
अछाम । अछाम क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार भरतकुमार स्वार प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

स्वारले १० हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका भीमबहादुर रावलले १० हजार २ सय ३० मत प्राप्त गर्नुभयो ।
विजेता र निकटतम प्रतिद्वन्द्वीको मतान्तर ५ सय २८ रहेको छ । नेकपा एमालेका दीपकबहादुर साउदले ७ हजार ३ सय ७८ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओम प्रकाश रावलले १ हजार ७ सय ४५ मत प्राप्त गर्नुभएको छ








प्रतिक्रिया राख्नुहोस्