तपाईँ सुन्दै हुनुहुन्छः

तमु समाज युकेद्वारा सय परिवारलाई राहत वितरण

पोखरा । तमु समाज बेलायतको आर्थिक सहयोगमा पोखरा–९ का करीब एक सय परिवारलाई राहत वितरण गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेको उपस्थितिमा पोखरा प्रदर्शनी केन्द्रमा सामाजिक दूरी कायम गर्दै चामल, दाल र तेल राहतस्वरुप वितरण गरिएको तमु समाज युके आमा समूहका संस्थापक अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्याला मजदूरी गर्ने पयर्टन मजदूर, सार्वजनिक सवारी साधनका चालक र नेपालमै बसेर काम गरिरहेका भारतीय मजदूरको पहिचान गरी राहत वितरण गरिएको हो ।

राहतका लागि तमु समाजबाट रु ५० हजार, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान उपाध्यक्ष विजु गुरुङलगायतको परिवारबाट रु ४० हजार र आफ्ना व्यक्तिगततर्फबाट रु १० हजार गरेर एक लाखको राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा वडाध्यक्ष लामिछानेले असहज अवस्थामा परोपकारी मनहरुको सहयोगले वडामा कसैको घरमा पनि आगो निभ्न नपाएको बताउनुभयो उहाँका अनुसार अवस्था हेरेर अहिलेसम्म वडामा दुई हजार ६४९ परिवारलाई करीब रु ३५ लाखको राहत वितरण गरिसकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button