तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा कोरोनामाथि विजयी हुनेहरुको संख्या ९३

जनकपुरधाम । नेपालमा कोरोना संक्रमण जित्न सफल भएकाहरु मध्ये प्रदेश नंं २ का धेरै रहेका छन् ।

नेपालमा हालसम्म १ सय ५५ जनाको उपचार पश्चात कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएकोमा त्यस मध्ये ९३ जना ब्यक्तिहरु २ नम्बर प्रदेशका रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

प्रदेश नंं मा डिस्चार्ज भएका ९३ जना ब्यक्तिहरु नारायणी अस्पताल र गण्डक अस्पताल वीरगञ्जका रहनु भएको उहाले जानकारी दिनु भयो । उच्च आत्मबल, समयमै सतर्कता र चेकजाँच तथा उपचारबाट कोरोनासंक्रमण मुक्त हुन सकिन्छ भन्ने तथ्य अस्पतालबाट डिस्चार्ज भएका ब्यक्तिहरुको उमेर समुह र अवस्थाले स्पष्ट पारेको सचिव डा. घिमिरेले बताउनु भयो ।

उहाले विशेषगरी वीरगञ्जको नारयणी उपक्षेत्रिय अस्पताल र गण्डक अस्पतालमा भर्ना भएका केही संक्रमितहरु उच्च रत्तचाप र मधुमेह जस्ता रोगहरुबाट पीडित रहेका थिए भने उमेर समुहका हिसावले शिशु समेत संक्रमित भएको अवस्था रहेकोे बताउनु भयो । तर दीर्घ रोगबाट पीडित तथा शिशु समेतले कोरोना जितेर स्वस्थ हुनु आफैंमा सुखद पक्ष अवस्था रहेको सचिव डा. घिमिरेले जानकारी दिनु भयो ।

प्रदशेमा २०७७ साल बैशाख १४ गते २ जना संक्रमितहरु उपचार पश्चात निको भएर डिस्चार्ज भएका थिए । यसै गरि जेठ १० गते ९ जना र ११ गते १८ जना १२ गते ४३ जना र हिजो अर्थात २०७७ साल जेठ १३ गते गण्डक अस्पताल वीरगञ्ज पर्साबाट २१ जना उपचार पश्चात् डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button