डडेल्धुरामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
डडेल्धुरा। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत डडेल्धुरामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
आज भएको मतदानमा कुल मतको ४९.०८ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय डडेल्धुराले जानकारी दिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभर स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिनुभयो।
जिल्लाको कुल मतदाता ९३४०३ मा ४५९०९ मत खसेको छ। जसमा महिला २५३१३ र पुरुष २०५९६ रहेका छन् । १४२ वटा मतदान केन्द्र रहेको यो जिल्लामा सबै मतदानकेनद्रमा शान्त पूर्ण रुपमा मतदान मतदान भएको छ ।
जिल्लाभर कडा सुरक्षा व्यवस्थाका बीच मतदान प्रक्रिया सञ्चालन गरिएको थियो। मतदान सम्पन्न भएसँगै मतपेटिकाको मुचुल्का उठाएर मतपेटिका सदरमुकाम ल्याउने कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले बताउनुभयो। मध्यराति सम्म सबै मतपेटिकाहरू जिल्ला सदरमुकाम पुगी सक्ने प्र जि अ कोइरालाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्