जाजरकोटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
जाजरकोट । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जाजरकोट जिल्लाभर रहेका सबै मतदान केन्द्रमा मतदान निर्धारित समयमै शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
जिल्लाका ८८ मतदान स्थलका १४७ मतदान केन्द्रमा बिहानदेखि सुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो। मतदानका क्रममा कुनै पनि ठूलो अवाञ्छित घटना नघटेको र सुरक्षा व्यवस्था प्रभावकारी रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मतदान सम्पन्न भएसँगै अब सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने काम सुरु गरिएको छ। सङ्कलन गरिएका मतपेटिका सुरक्षित रूपमा तोकिएको मतगणना स्थलमा ल्याइने तयारी भइरहेको जनाइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन प्रहरी परिचालन गरिएको थियो।








प्रतिक्रिया राख्नुहोस्