बैतडीमा ४ बजेसम्म ४१ प्रतिशत मत खस्यो
बैतडी । बैतडीमा ४ बजेसम्म ६४ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार ३५ हजार ३६२ महिला र २९ हजार ४७५ पुरुष तथा १ अन्य गरी ६४ हजार ८३८ मत खसेको हो ।
यो जिल्लाको कूल मतदाताको ४१.४६ प्रतिशत हो । जिल्लामा शान्तिपूर्ण तवरले नै मतदान भइरहेको छ ।
यहाँ १,५६,३७२ मतदाता रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्