तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ३० प्रतिशत मतदान सम्पन्न

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा ३० प्रतिशत बढी मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका १ सय ६७ मतदान स्थलका ३७४ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा जारी छ । अहिलेसम्म करिब ३० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिनुभयो ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छ्न । जस मध्ये करिब ६० प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button