तपाईँ सुन्दै हुनुहुन्छः

दाईबाटै बहिनीमाथि करणी

स्याङ्जा। एक युवतीलाई करणी गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार नियन्त्रणमा लिएको छ ।

१९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि आरोपित पुरुषलाई नियन्त्रण गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको बताए ।

जबरजस्ती करणी गरेको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button