महोत्तरीमा शान्तिपूर्ण मतदान जारी
महोत्तरी। महोत्तरीमा हाल सम्म ४३ हजार बढी मत खसेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज सुरु भएको मतदान प्रक्रिया महोत्तरीमा शान्तिपूर्ण रूपमा जारी छ । हाल सम्म ४३ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

जिल्लामा चार वटा निर्वाचन क्षेत्र कायम रहेकोमा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र तोकिएका छन् । सबै मतदान केन्द्रमा मतदाताहरू उत्साहपूर्वक उपस्थित भई मतदान गरिरहेका छन् । चारवटा निर्वाचन क्षेत्रमा ४ लाख ३१ हजार २०२ मतदाता रहेका छन् ।

जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लामा सुरक्षा निकायहरू उच्च सतर्कतामा परिचालित रहेकाले कुनै अप्रिय घटना भएको छैन ।
मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना परिचालित छन् । प्रशासनले मतदातालाई निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । जिल्लाको मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहित हुँदै मतदानमा सहभागिता जनाइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्