धादिङमा मतदान सुरु: सबै मतदान केन्द्रमा शान्तिपूर्ण प्रक्रिया

धादिङ I धादिङ जिल्लाका सबै मतदान केन्द्रमा आज बिहान सात बजेबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ।
जिल्लामा जम्मा २,७५,२८० मतदाता रहेका छन्। यसमध्ये १,३४,२५९ महिला, १,४१,०१९ पुरुष र २ जना अन्य मतदाता रहेका छन्।
जिल्लाभर एक सय १४ मतदान केन्द्र सञ्चालनमा रहेका छन्, जसमा एक अस्थायी मतदान केन्द्र पनि समावेश छ। मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा जारी छ।







प्रतिक्रिया राख्नुहोस्