तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा पत्रकारलाई पनि कोरोना संक्रमण

नेपालगन्ज । बाँकेमा पत्रकारलाई पनि पहिलोपटक कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का एक पत्रकारलाई कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बाँकेका ८ संक्रमित मध्ये पत्रकार पनि हुन् । बाँकेमा यसअघि एक जना नर्स र एक जना प्रहरीमा पनि संक्रमण भइसकेको छ ।

बाँकेमा हालसम्म १ सय ५४ जनामा संक्रमण हुँदा एक जनाको मृत्यु भइसकेको छ भने २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button