सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शुरु
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको (बजेट) छ्रैटौ अधिवेशन आज देखि शुरु भएको छ । बैठकको प्रारम्भमा सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुखबाट प्राप्त प्रदेश सभा बैठक आह्वान सम्बन्धीको पत्र पढेर सुनाउनु भयो ।
यस्तै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्रि–बजेट (बजेटको सिद्धान्त, आधार र प्राथमिकता) प्रस्तुत गर्नु भएको थियो । प्रि–बजेटमाथी भोली देखि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
त्यस अघि बैठकमा धारणा राख्दै नेपाली काग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावल, सत्ता पक्षका प्रमुख सचेतक तारा लामा तामाङ्ग, राजपाका मालमती रानाले कोरोना नियन्त्रण तथा रोकथाम एवं उपचार ब्यवस्थालाई थप प्रभावकारी बनाउदै भारतबाट फर्किएकाहरुको उचित व्यवस्थापन गर्दै कोरोना परिक्षण गरिनु पर्नेमा जोड दिनुभएको थियो ।
बैठकमा सञ्चालनका लागि प्रदेश सभामा सेनिटाइजीङ्ग गर्ने देखि सामाजिक दुरी कायम हुने गरी कुर्सीको ब्यवस्था गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्