तपाईँ सुन्दै हुनुहुन्छः

थपिए ९० कोरोना संक्रमित, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । विभिन्न प्रयोगशालामा भएको परीक्षणमा आज मात्रै ९० जना कोरोना संक्रमित थपिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार सबैभन्दा धेरै कपिलवस्तुका २६ जना, रौतहटका २२ छन् । त्यस्तै सुर्खेतमा १२, बाँकेमा ८, सिरहामा ५, बारामा ३, महत्तरीका २, बारामा कार्यरत जुम्लाका २,, धनुषाका १, अर्घाखाँचीमा २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १ र स्याङ्जाका २ कोरोना संक्रमित थपिएका हुन्।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ।
११ देखि १६ दिनमा भर्ना भएका ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्र । यो संख्यासँगै नेपालमा १५५ निको भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button