तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा चुनावको तयारी ९० प्रतिशत सकियो

अछाम । अछाममा फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी ९० प्रतिशत सकिएको मुख्य निर्वाचन अधिकृत रोशन कुमार भट्टराईले जानकारी दिनुभएको छ । 

फाल्गुन १७ गते प्रत्येक मतदान केन्द्रमा खटिने कर्मचारीलाई नियुक्ति पत्रका साथ मतपत्र लगायतका सामाग्री हस्तान्तरण गरिने र १८ गतेदेखि २० गतेसम्म मतदान केन्द्र निर्माण गरिसक्ने निर्वाचन कार्यतालिका अनुसार कार्य अगाडी बढिरहेको उहाँले जानकारी दिनुभयो । 

आसन्न निर्वाचनलाई लक्षित गरी आज जिल्ला निर्वाचन कार्यालयको आयोजनमा भएको अन्तरक्रियामा जानकारी गराइएको हो । 

सदरमुकाम मङ्गलसेनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको अन्तरक्रियामा मुख्य निर्वाचन अधिकृत रोशन कुमार भट्टराई, प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा, जिल्ला निर्वाचन अधिकारी रामदीन चौधरी लगायत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button