तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको अन्तिम परिणाम घोषण नभएसम्म मादक पदार्थ विक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित  मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको जनाएको छ । 

ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराइले जारी गरेको सूचना अनुसार यही फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषण नभएसम्म उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको फागुन १२ गते बसेको निर्णय समेतका आधारमा जिल्लाभर सबै प्रकारका मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख गरिएको छ । सूचना विपरीत ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button