प्रधानमन्त्री कार्कीद्वारा लुम्बिनी प्रदेशमा चुनावी सुरक्षा रणनीतिबारे उच्चस्तरीय छलफल
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की आगामी निर्वाचनको तयारीबारे छलफल गर्न लुम्बिनी प्रदेशको बुटवल पुग्नुभएको छ।

चुनावी माहोल बुझ्न र आवश्यक सुरक्षा रणनीति तयार गर्न प्रधानमन्त्री सुशीला कार्की शुक्रवार साँझ बुटवल आइ पुग्नुभएको हो।
गण्डकी प्रदेशको मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरी स्थानीय स्तरमा चुनावी अवस्था बुझ्दै प्रधानमन्त्री कार्की शुक्रवार नै बुटवल पुग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो।

आज बिहान लुम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख, निर्वाचनमा खटिने सुरक्षाकर्मी, सरोकारवालाहरूसँग बुटवलमा छलफल भएको उहाँले जानकारी दिनुभयो।
यसअघि प्रधानमन्त्री कार्कीले कोसी प्रदेशका सोलुखुम्बु, ताप्लेजुङ, भोजपुर, इटहरीलगायतका जिल्लामा पुगेर चुनावी तयारी अध्ययन गरेर फर्केको र अन्य प्रदेशमा पनि पुग्ने गरी तयारी भएको प्रेस संयोजक रावलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्