तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुक पड्की बालकको मृत्यु

मेलम्ची । सिन्धुपाल्चोक जुगल गाउपालिका वडा न.२ किप्चेका ८ बर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्कीदा ज्यान गएको छ ।

आइताबार दिँउसो सोही ठाउका अर्का १२ बर्षका बालकले आफ्नै घरमा लोड गरी राखेको भरुवा बन्दुक झिकी घरको पिढिमासंगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्कीन गई आयुष स्याङ्बोको पेटमा लागि घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक माधब काफ्लेले जानकारी दिनुभयो ।

लास र भरुवा वन्दुक घट्ना स्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button