रेडियो नेपालको मुगुस्थित रिले स्टेशन सुचारु
सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिकास्थित रेडियो नेपालको ‘मुर्मा टप’ रिले स्टेशन मर्मतपछि प्रसारण सुरु भएको छ ।
गत बैशाख १५ गते चट्याङग लागेर अवरुद्ध, एफएम १०० मेगाहर्ज आज मर्मतपछि पुनःप्रसारण सुरु भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकीशरण साहले जानकारी दिनु भयो ।
चट्याङगले क्षतिग्रत ५ सय वाटको रिले स्टेशनको सोलार सिस्टम र भी–स्याट सिग्नल मर्मतपछि आज दिउँसो ४ बजेदेखि पुनः प्रसारण शुरु भएको उहाँले बताउनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्